भट्टराईकै नेतृत्वमा चैत्रभित्र नयाँ निर्वाचनको तयारी गरिएको प्रमका सल्लाहकारको खुलासा

४ आश्विन २०६९, बिहीबार १०:५२ मा प्रकाशित

काठमाडौ, ४ असोज ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले चैत्र मसान्तभित्र संविधानसभाको निर्वाचन गर्ने गरी सरकारले तयारी गरिरहेको खुलासा गरेका छन् । उनले चैत्र मसान्तभित्र निर्वाचन गर्ने भए प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचनमा जान सबैभन्दा उपयूक्त हुने दाबीसमेत गरे ।
राजधानीमा आयोजित एक साक्षात्कारमा पौडेलले भने– ‘चैत्रमा निर्वाचन गर्ने हो भने प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ । सरकार परिवर्तनतिर लाग्यौं भने फेरि पनि निर्वाचन हुन सक्दैन ।’ उनले कांग्रेसमा नेतृत्वको विषयमा अन्तरद्वन्द्व रहेको दाबी गर्दै सो पार्टीबाट तत्काल नयाँ नेतृत्व आउन नसक्ने बताए ।
संविधानका सबै विवादित विषयमा सहमति जुटे मात्रै काग्रेसको नेतृत्वमा सरकार बन्ने धारणा राख्दै सल्लाहकार पौडेलले जेठ १४ गतेपछि सबै सहमति भताभुङ्ग भईसकेकोले कांग्रेसको नेतृत्व हुनुपर्छ भन्नेमा माओवादी प्रतिबद्ध नरहेको खुलासा गरे ।
पौडेलले कांग्रेस र एमालेतर्फ लक्षित गरी राष्ट्रपतिलाई कु गर्न उक्साएको आरोप लगाउंदै उनीहरुले माओवादीलाई सत्ता कब्जाको आरोप लगाउनु हास्यास्पद भएको टिप्पणी गरे ।
सोही कार्यक्रममा नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र्रप्रसाद बडुले कांग्रेसले जटिल अवस्थामा समेत विगतमा स्वच्छ निर्वाचन गरेकोले अब पनि निर्वाचनको लागि काग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्कता औंल्याए । कांग्रेसमा नेतृत्वमा कुनै विकल्प नभएको भन्दै अवसर आए आधा घण्टामा उमेदवार सहमतिमै प्रस्तुत गर्ने स्पष्ट पारे ।
जेठ २ गतेको सहमतिलाई आधार माने विवादित विषयमा छिटो सहमति बन्ने सम्भावना औल्याउँदै उनले सहमति बन्ने भए केही समयको लागि संविधानसभा पुनःस्थापना गर्न सकिने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा