पढाई खर्चको माग गर्दै सिंहदरबार मूलगेटमा आत्मदाह गर्ने चेतावनी

४ आश्विन २०६९, बिहीबार १०:४९ मा प्रकाशित

काठमाडौं, ४ असोज । दुवै हात र एक खुट्टा नभएका भौनेली गाविस–८ वैतडीका नन्दराज भट्टले सरकारले पढाई खर्च वा पढाईको लागि जागिरको व्यवस्था नगरे सिंहदरबारको मूल गेट अगाडि आत्मदाह गर्ने चेतावनी दिएका छन् । ‘मैले प्रधानमन्त्री, शिक्षा मन्त्रीलगायत सम्बन्धित निकायहरुमा धाई सकें, कतैबाट मेरो दयनीय अवस्थाप्रति दृष्टि दिने काम भएन । सरकारले म जस्ता अपाङ्ग जेहेन्दारलाई केही सुविधान दिन सक्तैन भने म बाँच्नु कुनै अर्थ छैन’ भन्दै पत्रकार सम्मेलनमा भट्टले भने– ‘विहिबारदेखि सिंहदरबारको मूल गेटमा आमरण अनसनमा बस्छु, माग सम्बोधन गरिएन भने अनसनमै आत्मदाह गर्छु ।’
१ फिट १० सेन्टिमिटर उचाई भएका भट्टले आफूसंग लेख्न, पढ्न र कम्प्युटर चलाउन सक्ने क्षमता रहेको दाबी गर्दै सरकारले आफूलाई डिग्री पढ्ने व्यवस्था वा सुहाउँदो जागिरको व्यवस्था गर्नुपर्ने माग गरे । उनले वैतडीका समाजसेवी महेन्द्र चन्दले दिएको पढाई खर्च र होटल व्यवसायी श्यामसिंह खत्रीले खाने बस्न मिलाई दिएको व्यवस्थाका कारण आफूले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पुरा गरेको र बाँकी पढ्न चाहना पुरा गर्नु सरकारको दायित्व भएको भन्दै पढ्न पाउने आफ्नो अधिकारको राज्यले सम्मान नगरे बांच्नुको कुनै अर्थ नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको