डिस्कभर १२५ एस टी बजारमा

४ आश्विन २०६९, बिहीबार १०:१९ मा प्रकाशित

रुपन्देही, ४ असोज । नेपालमा सर्वाधिक बिक्रि हुने दाबी गरिएको मोटरसाईकल ब्राण्ड बजाजले डिस्कभर १२५ एस टी बजारमा ल्याएको छ । भैरव अटोमोवाईल्सका अध्यक्ष गोपालबहादुर पोखरेलले राम्रो माइलेज दिने मोटरसाईकलको प्रतिक्षामा रहेका मोटरसाईकलका पारखीहरुलाई आरामदायी तथा माइलेज दिने डिस्कभर एसटीले उनिहरुको प्रतिक्षा पुरा गर्ने बिश्वास ब्यक्त गर्नुभयो । उहांले उदेकलाग्दा डिजाईनसँग चित्त बुझाउन बाध्य उपभोक्तालाई डिस्कभर १२५ एस टी ले सधै एक स्टेप अगाडि राख्ने दाबी गर्नुभयो ।
राम्रो माइलेज दिने त साधारण मोटरसाईकल मात्र हो भन्ने मान्यतालाई परिवर्तन गर्न नयाँ डिस्कभर एस टी तयार भएको दावी पोखरेलको छ । मोटरसाईकलको कम्यूटर सेग्मेन्टमा एउटा पूर्णतः नयाँ आयाम थप्नको लागि यसको डिजाइन गरिएको पोखरेलले बताउनु भयो ।
बजाजको पेटेन्टेड डिटिएस आई ट्विन स्पार्क टेक्नोलोजिले सुसज्जित यस श्रेणीको बाइकहरुमा पहिलो पटक, इन्जिन ४ भल्भका साथ डिजाइन गरिएको र १३ पिएस पावर दिने र १२५ सिसि श्रेणीका बाइकहरु मध्ये सवै भन्दा अधिकतम माईलेज दिने बताइएको छ । युवावर्गको माग र नेपालीहरुको आर्थिक हैसियतको बिश्लेषण गरेर बजारमा ल्याईएको उक्त मोटरसाईकलको मुल्य रु एक लाख चौहत्तर हजार नौ सय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५०

आजको प्रमुख समाचार