अधिकार मागेर होइन खोसेर लिनुपर्छ : मगर महिलाहरु

४ आश्विन २०६९, बिहीबार १०:१६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ४ असोज । आफ्नो हकअधिकार सुनिश्चित गर्नका लागि मगर महिलाहरु एकजुट भएर संघर्षगर्नुपर्नेमा आज बुटवलमा आयोजित कार्यक्रममा बोल्ने मगर अगुवाहरुले जोड दिएका छन् । उनीहरुले मगरहरु विभाजित भएमा गुमेको अधिकार लिन नसकिने पनि सचेत गराएका छन् । नेपाल मगर महिला संघको १५ औं स्थापना दिवसका अवसरमा जिल्ला समिति,रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने मगर अगुवाहरुले उक्त कुरामा जोड दिएका हुंन् ।
कार्यक्रममा बोन्दै नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य मीना थापा मगरले अधिकार मागेरहोइन खोसेर लिनुपर्छ भन्दैं मगर महिला एकतामा जोड दिनु भयो । नेपाल मगर महिला संघ जिल्ला समिति, रुपन्देहीकी उपाध्यक्ष चन्द्रा थापा मगरको अध्यक्षता, सचिव कुमारी थापामगरको संचालन, सदस्य लक्ष्मी पुनको स्वागतमा भएको कार्यक्रममा समाजसेबी माया गर्वुजा, मगर संघ, रुपन्देहीकी उपाध्यक्ष गीता सारु, संघकी सिद्धार्थनगर नगर समितिकी अध्यक्ष माया बराल, हिमाल थापा, टीका आले, सरस्वती बुढाथोकी, मीनकुमारी पाटामगर लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या