विहिबारसम्म सरकार विस्तार हुन्छ- प्रवक्ता महरा

६ आश्विन २०७८, बुधबार १७:५० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् ।

मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । यस अघि गठबन्धनको बैठक मंगलबार पनि बसेको थियो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि  बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताए ।

उनले राजनीतिक दल सम्बन्धी अध्यादेशलाई अर्को विधेयक ल्याएर प्रतिस्थापन गर्ने तयारी सरकारले गरेको पनि प्रवक्ता महराले जानकारी दिएका छन् ।

अध्यादेश निस्कृय वा फिर्ता नभएसम्म सरकारमा नजाने अडानमा सत्तारुढ गठबन्धनको दल जसपा रहेकाले विहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक ल्याउने तयारीमा सरकार रहेको बुझिएको छ ।

सरकारले अध्यादेशसम्बन्धी समस्या हल गरेर विहिबार नै मन्त्रिपरिषद विस्तार हुने महराले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय