कांग्रेस बेलकोटगढी नगरसभापतिमा मुडबरी र पाण्डेबीच टक्कर

६ आश्विन २०७८, बुधबार १७:०५ मा प्रकाशित

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी र कृष्णप्रसाद पाण्डेले आकांक्षा देखाएका छन् । उनी दुई उम्मेदवार बने कडा प्रतिस्पर्धा हुने देखिएको छ । नगर अधिवेशन यही असोज ९ गते हुँदैछ ।

कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, जगदिसश्वर नरसिंह केसी, बहादुरसिंह लामा, रमेश महतलगायतको गृह जिल्ला नुवाकोटले केन्द्रीय राजनीतिमासमेत प्रभाव पार्छ । जिल्लामा केसी र महतबीचको राजनीतिक लडाइँ धेरैको चासोको विषय बन्छ । जिल्लाको दुइवटा नगरपालिका छन् । यी नगरपालिकामा कसको पहुँच बढी भन्ने प्रतिस्पर्धाले नुवाकोट कांग्रेसको राजनीति जहिले तातेको हुन्छ । बेलकोटगढी नगरपालिकामा केसी र महत समूहले आफ्नो प्रभाव राख्न कसरत गरिरहेका छन् ।

मुडबरी नेबिसंघ पृष्ठभूमिका पुराना कांग्रेस नेता हुन् । माओवादी द्वन्द्वका समयमा पनि मुडबरीले गाउँ नछोडी पार्टीको काम गरेकाले नगरवासीसँग उनको नङ्ग मासुको सम्बन्ध छ । मुडबरीका प्रतिद्वन्द्वी क्षेत्रीय सदस्य हुन् । जिल्लामा नबस्ने उनको विशेषता हो । प्रायः उनलाई काठमाडौंको ठमेलतिर भेटिन्छ । मुडबरी आफुलाई समूहभन्दा पनि विशुद्ध कांग्रेस भन्न रुचाउँछन् । पार्टीभित्र गुट उपगुट मन नपराउने भएकैले मुडभरी राजनीतिक ओझेलमा परेका छन् । तर यसपटक उनी खुलेरै नगरसभापतिको चुनावी मैदानमा उत्रेका छन् ।

कांग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. एक (क) क्षेत्रीय सभापतिमा सरोज केसी र सरोजकुमार तामाङबीच प्रतिस्पर्धा हुने निश्चित छ । यो क्षेत्रमा विद्यार्थी नेता केसी बलियो देखिएका छन् । क्षेत्र नं. एक (ख) मा विवाद कायमै रहेको छ । यसैगरी क्षेत्र नं. २ (क) को सभापति लागि भने श्याम ढुंगाना र विष्णु नेपाल वा आतम तामाङबीच प्रतिस्पर्धा हुने चर्चा छ । विदुर नगरपाकिला १,२,३,४,५,६ र १० र ११ र र बेलकोट गढी १३ वडा सम्मिलत उक्त निर्वाचन क्षेत्रमा ढुंगानाले बाजी मार्ने सम्भावना बढेर गएको छ । स्थानीय समाजसेवी ढुंगाना बेलकोटगढी काठमाडौं सम्पर्क समितिका सभापति हुन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार