बुधबार १०४ अंकले बढ्यो नेप्से

६ आश्विन २०७८, बुधबार १५:२६ मा प्रकाशित

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको हो ।

त्यस्तै बुधबार सेन्सेटिभ सूचक १९.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ७.६९ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ७.२ अंकले बढेको छ ।

आज ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ बराबरको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर कारोबार भएको छ ।

आज फाइनान्स उपसूचक ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचकको शेयर ७.७४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोको ५.५७ प्रतिशतले बढेको छ भने लगानी, होटल तथा पर्यटन र ट्रेडिङको शेयर ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै बुधबार १३ कम्पनिका शेयरमा सकरात्मक सर्किट लागेको छ भने १२ कम्पनिको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोको शेयर १८ करोड ४८ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको