नेपाली मुलका अमेरिकीहरुले बुझ्नु पर्यो एकतामा विकास र समृद्धि हुन्छ : विजय थापा-एएनए

५ चैत्र २०६८, आईतवार २३:२३ मा प्रकाशित

नेपालीमुलका अमेरिकीहरुको सबै भन्दा पुरानो संस्था एशोसिएसन अफ नेपालिज इन द अमेरिकाज (एएनए) पहिलो पटक बिधिवतरुपमा नाफारहित सामाजिक संस्थाकोरुपमा दर्ता भएको छ र यतिबेला अमेरिकाको सबैभन्दा ठुलो राज्य टेक्सासमा बृहत सम्मेलनको तयारीमा जुटेको छ | एएनएको कुरा आउदा नेपालीमुलका अमेरिकीहरु कान थुन्छन अर्थात् एएनए नामै सुन्न चाहदैनन्, कारण यसका सबै सस्थापकहरुले गरेको चरम लुटपाट र भ्रष्टाचारका कारण नेपालीमुलका अमेरिकीहरु सस्थापकहरु र एएनए प्रति यति धेरै दुखि बनेका हुन् , हो त्यहि संस्था एएनएलाई बिधिबत बनाउदैं आसन्न सम्मेलन सफल पार्न संचार संयोजकका हैसियतले ब्यस्त विजय थापासंग हामीले नेपालीमुलका अमेरिकीहरुलाई अमेरिकाको मुलधारमा कसरी स्थापित गर्न सकिन्छ भनेर सिधा प्रश्न सोधेका थियौं, प्रस्तुत छ हाम्रो सिधा प्रश्न र विजय थापाको जवाफ :

१- अमेरिका बस्नु भएको कति वर्ष भयो ?

उत्तर : चार बर्ष पुरा भएर पाचौ बर्षमा प्रवेश भयो ।

२- कुन उद्देश्यले अमेरिका आउनु भएको थियो ?

उत्तर: पारिवारिक सौजन्यतावाट स-परिवार बसाई सराई गरेको हु र मूल रुपमा छोराको अध्ययन र भविष्यको लागि ।

३- अमेरिकामा तपाइले देखेको सपना र उद्देश्य पुरा भयो ?

उत्तर: जीवनको उत्तरार्ध उमेरमा मुग्लान सराईले के उदेश्य पूर्ति गर्ला ?मुखमा माड लगाउन नित्य जागिर अनि सुन्दरमय भविष्यको निर्माणको लागि कटिबद्ध र निरन्तर यात्रामा लम्की रहेको छु । केहि आंसिक रुपमा भए पनि उदेश्य प्राप्तको क्रमले सुखानुभूति गरेको छु ।

४- त्यो नेपाल र यो अमेरिकामा के के फरक पाउनु भयो ?

उत्तर: हामी जहाँ गए पनि नेपालिपन र नेपालीमन हृदयमा संचित रही रहन्छ । आफ्नो जन्म थलो र मातृभूमिको औधि माया लाग्दछ फरक यति हो हाम्रो राष्ट्रमा पद्दतिको बिकाश हुन् शताब्दी लाग्ने मैले देखेको छु र १० बर्षे जनयुद्दवाट छत बिछत भएको राष्ट्रले धेरै कुरा गुमाएको । अमेरिकामा कानुन छ र सबै कुरा पद्दतिमा छ । काम गर्ने प्रवृतिको पूर्ण विकास देखेको छु ।

५- अमेरिकाको कुन कुन राम्रा पक्ष नेपाल र नेपालीले सिक्नु जरुरी छ ?

उत्तर: कानुन कडा छ ,सबै कुराहरुमा अमेरिका सशक्त प्रणालीबाट चलेको छ ,पद्दतिले सबैलाई सतहमा राखेको छ ,कानुन देखि सबै सतर्कता अपनाउछन भने नेपाल र नेपालीले यी कुराहरु सिक्न प्रयास मात्र गरे राम्रो होला भन्ने मेरो सोचाइ रहेको छ ल

६- अमेरिकामा बस्ने नेपालीहरुको अवस्था कस्तो छ ?

उत्तर: बिगतको तुलना गर्दा हाल नेपालीहरुको स्थिति राम्रो हुदै आई रहेको देखेको छु र अझ उत्तम हुनेछ भन्ने मेरो विश्वास छ ।

७- नेपाली मुलका अमेरिकीहरु मुलधारमा स्थापित हुन सकेका छैनन् कारण के होला ?

उत्तर: कुनै पनि चिज प्राप्त गर्न समय लाग्ने हुन्छ र समय अगाढी कुनै चिज पाईदैन भन्ने नेपाली उखान कहिँ मिलेको जस्तो आफुलाई अनुभूति भएको छ ल समयको वहाव संगै नेपाली मूलका अमेरिकीहरु मूलधारमा अवश्य आउने छन् ।

८- नेपाली समुदायका संस्थाहरुले शिक्षा, स्वाश्थ्य , सामाजीक सुरक्षा, व्यापार, र राजनीतिक क्षेत्रमा समुदालाई केन्द्रित गरेर प्रभावकारी कार्यक्रम लेराउन नसकेकै कारण नेपाली मुलका अमेरिकीहरु मुलधारमा स्थापित हुन नसकेको भन्ने भनाइसंग तपाई सहमत हुनुहुन्छ ?

उत्तर: नेपाली समुदायका सामाजिक संस्थाहरु निरन्तर प्रयासमा छन् । धेरै संस्थाहरुको जन्म पनि भै रहेको छ । यो हाम्रो लागि खुशीको कुरा हो संस्था जन्मिनु राम्रो हो तर समुदाय प्रति समर्पित हुनु पर्दछ केवल सत्ता प्राप्तिको लागि मात्र संस्था खोल्नु हुदैन भन्ने मेरो निजि सोचाई रहेको छ lप्रभाबकारी रुपमा नेपालको बिकाशको लागि हजारौ हजार संस्थाहरु लागि परेका छन् तर परदेशमा पनि उही प्रवृति ,संस्कार र सोचको कारण हामीहरु अलमलको भुमरीमा जाकिएका छौl यी भन्दा माथि उठी हामी सबै लाग्यौ भने हामी मूलधारमा बाधिने छौ । शायद यी कारणहरुले गर्दा हामी मूलधारमा स्थापित हुन् नसकेका हौ जस्तो लाग्दछ ।

९- नेपाली समुदायका संस्थाहरु अमेरिकामा पनि नेपाली भाषा , संस्कृति र जातीय मुद्धामा केन्द्रित रहेका कारण नेपाली मुलका अमेरिकीहरु मुलधारमा स्थापित हुन नसकेको एउटा कारण हो भन्न सकिन्छ र समुदाय केन्द्रित संस्थाहरु र नेपाली मुलका अमेरिकीहरु पनि यस्तै मुद्दामा बिभाजीत देखिन्छननी ?

उत्तर: नेपाल बहु भाषा ,बहु जातीय र बहु सांस्कृतिक र अनेकौ जातीय रहेको एक स्वतन्त्र राष्ट्र हो । संबिधान तथा सरकारले पनि त्यो कुरालाई सम्बोधन गरेको छ ।
मेरो व्यक्तिगत सोचाई के रहेको छ भने मुलुक बाहिर अझ राष्ट्र प्रतिको प्रेम ,सद्भाव र राष्ट्रियताको महत्व कुनै पनि देशका मानिसहहरुलाई हुने हुन्छ भन्दा अतिशयोक्ति नहोला ।जब गैर मुनाफा संस्थाहरु स्थापना गरिन्छ ,उदेश्य नै भाषा ,संस्कृति आदि ईत्यादी बिषयमा प्रबर्धन तथा सम्बर्धन गर्ने भने लिखितम रुपमा प्रस्ट उल्लेख गरिएको हुन्छ lहाम्रो पहिचान नेपाली हो भनेर कसरि दर्शाउने भन्दा हरेक जातीहरुले आफ्नो संस्कृतिको जगेर्ना गर्ने उदेश्य र आफ्ना भाबी सन्तान तथा बिश्व समुदायलाई जानकारी दिने हेतुले यस्ता कुरामा अल्मलिएको तथा संलग्नता देखिए पनि कैयौ जातिका भाषा तथा संस्कृतिहरु खतरामा परेको युनेस्कोले समेत उल्लेख गरेको हुनाले यी कुराहरु अपरिहार्यता छ भन्ने मेरो धारणा छ ल विभाजित देखियता पनि आपसी सद्भाव प्रगाढ रहेको छ ।

१०- यहाँले समुदायको हितमा काम गरेको लामो समय भयो, सक्रिय अगुवाको नाताले नेपाली मुलका अमेरिकीहरुलाइ मुलधारमा स्थापित गर्न के गर्नु पर्ला ? तपाईको रोज्नु पर्दा नेपाल कि अमेरिका ?

उत्तर: कुनै पनि व्यक्ति एक्लो हुदैन किनभने उ एक अभिभावक पनि हुन्छ । आफ्ना सन्तानहरुका लागि पनि उसले थुप्रै कर्तब्य गर्नु पर्ने र आफ्नो कर्तब्यबाट अलक रहन नमिल्ने हुन्छ । बिसौ बर्ष देखि स्वयम् सेवक रुपमा समाज सेवामा समर्पित हुदै आई रहेको र माता र मातृभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने कुरामा पूर्ण सहमति छु र नेपाल कै ज्यादा सस्मरण हुन्छ ।

११- मातृभूमि नेपाल ठुलो राजनैतिक परिवर्तनको संघारमा छ , तपाई यति बेला हजारौ जाती भाषा बस्ने मुलुक जहाँ जातीय राज्यहरु छैनन् बसोबास गरिरहनु भएको छ भने उता तपाइंको मातृभूमि नेपाल जातीय राज्यको आन्दोलनमा अस्त व्यस्त छ तपाई के सुझाव दिनु हुन्छ जातिय राज्यको मागमा आन्दोलनरत जाती र समूहहरुलाई ?

उत्तर: वाक स्वतन्त्रता हामीलाई प्राप्त छ । बिरोध र माग गर्न पाउनु राज्य द्वारा प्रदत छ । टुक्रिएको राज्यलाई एक सुत्रमा बाधिएको छ ।पुन :राज्यलाई विखण्डित र जातीयताको आधारमा राज्यको माग गर्दा ठुलो अनर्थ हुने हुन्छ l हामी फुटेर हैन जुटेर अघि बढ्नु पर्छ भन्ने सुझाब राख्न चाहन्छु ।

१२- जाती भाषा र बर्णको नाउँमा अमेरिका आइपुग्दा पनि विभाजित मनस्थितिमा रहेका समुदाय केन्द्रित संस्थाहरु र नेपाली मुलका अमेरिकीहरुलाइ तपाइको सुझाव के छ ?

उत्तर: आफ्नो संस्कृति ,भाषा आदि ईत्यदिको सम्बर्धन र प्रबर्धन गर्न प्रवासमा अझ जरुरि हुन्छ l संस्कृतिको जगेर्ना गर्नु कुनै पनि जात तथा जातिको लागि धर्म
हुन्छ । आफ्नो जातिले यी कुरामा कम्मर कसेर डटेर लागेनन अरु कुनै पनि संघ ,संस्था ,व्यक्ति तथा सरकारले गर्दैन तसर्थ जे जस्ता भाषा तथा संस्कृति प्रति विभाजित भए पनि हामी नेपाली भएको नाताले नेपाल प्रति माया गर्दछौ र एक आपसमा सद्भाव राख्दछौ । नेपाली मुलका अमेरिकीहरुलाइ एकतामा विकास हुन्छ, अनेकतामा
बिनास, एकतामा जुट हुन्छ भने अनेकतामा फूट हुन्छ भन्ने सुझाब दिदै बिदा चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ,

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर