लेवान्डोस्कीलाई युरोपियन ‘गोल्डेन बुट’ अवार्ड

६ आश्विन २०७८, बुधबार १५:०१ मा प्रकाशित

काठमाण्डाैं ।जर्मन क्लब बायर्न म्युनिखका ३३ वर्षीय फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले ‘गोल्डेन बुट’ अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेका थिए। पोल्याण्डका लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘गोल्डेन बुट’ जितेका हुन् ।

लेवान्डोस्की बुन्डेसलिगा फुटबलमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए । लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।