भारतले अग्नी क्षेप्यास्त्रको परिक्षण गर्यो

४ आश्विन २०६९, बिहीबार ०९:५५ मा प्रकाशित

काठमाडौं, ४ भदौ । भारतले लामो दूरीमा मार हान्ने क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । बुधबार भारतको पूर्वी राज्य ओडिसाबाट ‘अग्नी–४’ प्रक्षपण गरिएको हो । यही क्षेप्यास्त्र सन् २०१०मा पहिलोपटक प्रक्षेपण गर्दा प्राविधिक समस्या उत्पन्न भएको उल्लेख गर्दै तेस्रो पटक गरिएको चार हजार किलोमिटरको यो प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भारतीय रक्षा, अनुसन्धान तथा विकास संगठनका प्रवक्ता रवि गुप्ताले दाबी गरेका छन् । उनले यो अन्तर महादेशीय व्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण कुनै मुलकप्रति पनि लक्षित नभएको प्रस्ट्याउंदै यसले कम्तीमा पनि ५ हजार ५ सय किमि परसम्म मार हान्न सक्ने जानकारी दिए ।
अहिलेसम्म बेलायत, चीन, फ्रान्स, रसिया र अमेरिकासंग मात्र अन्तर महादेशीय व्यालिस्टिक क्षेप्यास्त्र रहेको छ भने भारत अब त्यसैको पछिल्लो पंक्तिमा आफूलाई उभ्याउने कोसिस गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो