आइजीपी रानामाथि कारबाहीको माग

४ आश्विन २०६९, बिहीबार ०९:५२ मा प्रकाशित

काठमाडौं, ४ भदौ । नवनियुक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानामाथि जनकपुरका ७ माओवादी नेता–कार्यकर्तालाई बेपत्ता बनाएको भन्दै कारवाहीको माग गरिएको छ । राना प्रहरी उपरिक्षकको पदमा जनकपुरमा रहंदा २०६० साल असोज २१ ग्ते जनकपुर–४ कटैयाचौरीबाट माओवादीका कार्यकर्ताहरु दुर्गेश लाभ, सञ्जीव लाभ, जीतेन्द्र झा, प्रमोद मण्डल र शैलेन्द्र यादवलाई नियन्त्रणमा लिई बेपत्ता बनाइएको आरोप लाग्दैआएको छ । सोही वर्ष असोज २५ गते माओवादीको जिल्ला सचिवालय सदस्य मनोज दत्त र रामचन्द्र्रलाल कर्णलाई पनि नियन्त्रणमा लिई बेपत्ता बनाइएको आरोप वेपत्ता परिवारले रानामाथि लगाउंदैआएको छ ।

दुई साताअघि प्रचण्ड जनकपुर पुग्दा बेपत्ताका परिवारजनसंगको भेटमा रानालाई आइजीपी नबनाउन आग्रह गरिएको, प्रचण्डले सोअनूरुप आश्वासन पनि दिएको तर एकसातामै रानालाई प्रचण्ड–बाबुरामकै विशेष प्रयासमा आइजीपी बनाएको भन्दै पिडित परिवारले दुखेसो व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका