मेलम्चीको पानी झन्–झन् भयो टाढा

४ आश्विन २०६९, बिहीबार ०९:४९ मा प्रकाशित

काठमाडौं, ४ भदौ । सरकारले मेलम्ची खानेपानी आयोजनाको चिनियां ठेकेदार कम्पनीको धरौटी जफत गर्ने निर्णय गरेको छ । उसले काममा ढिलाई गरेको र ठेक्का तोडिंदा निर्माण सम्पन्न हुने अवधि लम्बिन गई बढ्ने लागत रकमबराबरको क्षतिपूर्ति भराउने गृहकार्य सरकारद्वारा सुरु गरिएको सहरी विकास मन्त्रालयका एक अधिकारीले बताए ।

ठेकेदारले परफरमेन्स बण्डवापत कुल ठेक्का रकमको १० प्रतिसत र ठेक्का लिएपछि लिएको १५ प्रतिसत एडभान्सको बैंक ग्यारेन्टी राखेको उल्लेख गर्दै सरकारले ती दुबै रकम जफत गरी उसले काममा ढिलाई गरेको र उसका कारण निर्माण अवधि लम्बिंदा बढ्ने लागत रकम क्षतिपूर्ति भराउने गृहकार्य थालिएको हो । चिनियां ठेकेदार कम्पनीले मेलम्चीबाट सुन्दरीजलसम्म पानी ल्याउने साढे २७ किमि सुरुङ निर्माण गर्न ३ अर्ब ८० करोड रुपैयांमा ठेक्का लिएको थियो ।
उक्त कम्पनीले चार वर्षमा जम्मा साढे ६ किमि मात्र सुरुङ खनेको छ । जम्मा २२ प्रतिशत काम गरेको ठेकेदार कम्पनीले भुक्तानी भने १८ प्रतिसत लिइसकेको छ । एडभान्ससहित हिसाब गर्दा उसले लिएको भुक्तानी कामभन्दा ११ प्रतिसत बढी हसन आउने बताइएको छ ।
स्मरण रहोस्, ठेकेदार कम्पनीले केही दिनअघि पत्रकार सम्मेलन गरेर सरकार र परामर्शदाताको असहयोग, बिल भुक्तानी र निर्माणस्थलको हस्तान्तरणमा ढिलाई गरेकोले आफूले ठेक्का तोड्ने सूचना दिन बाध्य भएको दाबी गरेको थियो । त्यसलगत्तै सरकारले कम्पनीको दाबीमा कुनै सत्यता नभएको भनी प्रत्युत्तर पठाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक