मेसीले मेजविरुद्धको खेल गुमाउने,च्याम्पियन्स लिग पनि गुमाउने सम्भावना

६ आश्विन २०७८, बुधबार ०९:३९ मा प्रकाशित

काठमाडौँ ।पीएसजीका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेसीको बायाँ घुँडामा चोट देखिएकोले आज हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।

पीएसजीले मेसीको घुँडामा चोट देखिएको जनाएको छ । मेसीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट देखिएको थियो । ३४ वर्षीय मेसी अगष्टमा बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए । उनले पीएसजीका लागि सुरुआती तीन खेल खेल्दा गोल गर्न सकेका छैनन् । पीएसजीले आगामी मंगलबार म्यानचेष्टर सिटीसँग च्याम्पियन्स लिग खेल्दैछ ।

मेसीले उक्त खेल पनि गुमाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।