जमकट्टेलको हत्या गर्न खोज्नेहरुको मुद्दा फिर्ता नगर्न आदेश

४ आश्विन २०६९, बिहीबार ०९:४७ मा प्रकाशित

काठमाडौं, ४ भदौ । एमाओवादीका मजदूर नेता शालिकराम जमकट्टेलको हत्या गर्ने प्रयासमा संलग्न भनिएकाहरुको मुद्दा फिर्ता लिने कारवाही तत्काल रोक्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म मुद्दा जेजस्तो अवस्थामा रहेको छ त्यही हालतमा राख्नु भनी जिल्ला अदालत काठमाडौंको नाममा आदेश गरेको उल्लेख गरिएको छ । सरकारले किन मुद्दा फिर्ता लिन लागेको हो त्यसको कारण देखाउन पनि अदालतले आदेश दिएको छ ।

गत वर्ष भदौमा बबरमहलको एकान्त स्थलमा जमकट्टेलमाति सांघातिक हमला भएको थियो भने त्यसमा रमेश भन्ने तारानिकी पन्तको मुख्य संलग्नता रहेको भन्दै मुद्दा परेको थियो । आक्रमणमा संलग्न ६ जना एमाओवादीकै कार्यकर्ता भएका र उनीहरु बाबुराम पक्षधर भएकोले मुद्दा फिर्ता लिन लागिएको बुझिएको छ । मुद्दा फिर्ता गर्न लागिएको जानकारी पाएलगत्तै जमकट्टेलले सोविरुद्ध रिट हालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर