दोहामा नेपालीको रहश्यमयी किसिमले हत्या

४ आश्विन २०६९, बिहीबार ०९:४४ मा प्रकाशित

काठमाडौं, ४ भदौ । गत जुलाई २८ देखि कतार दोहामा हराईरहेका बागलुङ लेखनी गाविसका बुद्धिबहादुर पुन हत्या गरिएको अवस्थामा फेला परेका छन् । २८ वर्षिय पुनको हत्या गरेर फालिएको अवस्थामा कतारको उकिरमा प्रहरीले शव फेलापरेको हो । दोहामै कार्यरत पुनका फुपाजु गुरुप्रसाद थापाकाअनुसार उनी स्वदेश फर्कने तयारीमा थिए । नेपाल फर्कनुअघिल्लो दिनदेखि अचानक पुन हराएको बताइएको छ । एक महिनाअघि खोटाङका तीर्थबहादुर खड्काको पनि यसैगरी स्वदेश फर्कने बेला हत्या गरिएको थियो । पुन र खड्काको हत्याका विषयमा छानबिन भइरहेको नेपाली दूतावासका द्वित्तिय सचिव जयबहादुर राईले बताएका छन् ।
दुई वर्षदेखि बुद्धि दोहास्थित टाइगर कम्पनीको सुरक्षा गार्ड थिए भने हत्या हुंदा पनि उनी सुरक्षा गार्डकै पोशाकमा थिए । घर जाने बेला भएको भन्दै साथीभाइहरुसंग भेटघाटमा व्यस्त हुनथालेका उनी साथीहरुसंग ढुकुटी खेलेको पैसा पनि उठाइरहेका थिए । उनका फुपाजुका अनुसार कतार छोडेर परिवारसहित बुद्धि हङकङ जाने तयारीमा थिए । बुद्धिको हत्याको रहश्य छिट्टै बाहिर ल्याउन प्रहरीसंग माग गरिएको पनि थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक