बियरसहितको ट्रक हराएपछि …

३ आश्विन २०६९, बुधबार २१:०२ मा प्रकाशित

काठमाडौं, ३ असोज । नवलपरासी मुकुन्दपुरमा रहेको गोर्खा ब्रुअरी उद्योगबाट काठमाडौं जोशी सप्लायर्सको नाममा भदौ २६ गते चलान भएको ७५० कार्टुन काल्सबर्ग र पाँच सय कार्टुन टुबोर्ग बियर बोकेको ट्रक नै हराएपछि खोजीमा जुटेको चितवन प्रहरीले बियरसहित बुधबार दुईजनालाई समातेको प्रहरीले जनाएको छ। २८ लाख रुपियाँ मूल्य पर्ने साढे १२ सय कार्टुन बियर बोकेको ट्रक सम्बन्धित ठाउँमा नपुगेपछि खोजी सुरु भएको थियो।
बियर लोड गरेको ना ३ ख ५८६२ नं को ट्रक चितवन मुग्लिनमा फेला परेको बताइएको छ। खोजी गर्दै जाँदा पोखरामा वियर राखेको पत्ता लागेको प्रहरीले जनायो ।
प्रहरीले कास्की जिल्लाको पोखरा उमनपा वडा नं १० गौरीमार्गबाट २५० कार्टुन टुवोर्ग र ७०१ कार्टुन कार्ल्सवर्ग बियर बरामद गरेको छ। यसका साथै पोखरा उपमहानगर पालिका वडा नं। १२ माटेपानीका ३६ वर्षीय चन्द्रबहादुर कार्की र वडा नं १५ का ३१ वर्षीय विपिन केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरु दुईले चोरीको बियर किनेको प्रहरीको कथन छ।
ट्रकका चालक विरकाजी तामाङ सम्पर्कमा छैनन् भने बरामद हुन बाँकी रहेको बियर र सम्पर्कमा नआएका चालकका विषयमा खोज तलास जारी रहेको प्रहरी कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका