टापूविवादले चीन र जापानबीच आर्थिक सम्बन्ध खल्बलिने खतरा

३ आश्विन २०६९, बुधबार २०:५० मा प्रकाशित

वेइजिङ, ३ असोज । पूर्वी चीनमा रहेको टापुमाथिको विवादले चीन र जापानबीचको सम्बन्धमा अत्यन्त नकारात्मक प्रभाव पार्ने सम्भावना बढेर गएको छ । चीन सरकारले वेइजिङमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ती टापूमाथि जापानी हस्तक्षेप रहने हो भने दुई देशबीचको आर्थिक सम्वन्ध ध्वस्त हुने चेतावनी दिएको छ।
चिनिया वाणिज्य मन्त्रालयले दुई देशको व्यावसायिक सम्वन्ध विग्रियो भने त्यसको जिम्मेवार जापान हुने पत्रकार सम्मेलनमा बताएको एजेन्सीहरुले जनाएका छन् ।
जापान युरोपेली युनियन र अमेरिकापछि चीनको तेस्रो व्यावसायिक साझेदार हो। दुई देशबीच ३ सय ४० अर्ब अमेरिकी डलरभन्दा बढीको वार्षिक कारोबार हुँदै आएको छ। यो कारोबार पछिल्लो एक दशकमा तेब्बर बढेको बताइन्छ।
डियायु टापु किन्ने कुराले चीनको भौगोलिक अखण्डतामाथि नै प्रहार गरेको र चिनीयांहरुको चित्त दुखाएको पत्रकार सम्मेलनमा चिनीयां अधिकारीहरुले बताए । टापु बिक्रीको विरोधमा चीनमा जापानी लगानीका उद्योगमाथि आक्रमण जारी छ । आक्रमणपछि जापानी कम्पनीहरु बन्दसमेत भएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो