कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, ५ को मृत्यु

५ आश्विन २०७८, मंगलवार १६:२५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६२६ र एन्टिजेन विधिबाट ३ हजार ९९६ जनामा परिक्षण गर्दा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८६ हजार ५७७ र एन्टिजेनबाट ८९ हजार ३८२ जना पुगेको छ ।

यस्तै, आज थप १८३० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५४ हजार जना पुगेको छ । निको हुने दर ९८.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । लुम्बिनी प्रदेश सरकारले विवादित सञ्चार विधेयक फिर्ता नलिने भएको छ । नेपाल पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संघसंस्थाले विधेयक

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका पुनः संशोधन भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गते काठमाडौंमा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा

काठमाडौं । सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले भारत,