नेपाली धावक पार्की जर्मनी जाने

५ आश्विन २०७८, मंगलवार १५:४० मा प्रकाशित

काठमाडौँ । जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो ।

दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । सो अवसरमा दुवै जनालाई ट्रयाक सुट, झोला र टिसर्ट प्रदान गरिएको थियो ।

विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ । धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दै गर्छन्। उनी पछिल्लो संस्करणको नेपालगन्ज म्याराथनको विजेतासमेत हुुन् । पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा म्याराथनमा स्वर्ण पदक जितेका थिए। बिदाइ कार्यक्रममा पार्कीले आफुले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।