पोर्नोग्राफी मुद्दामा जमानत पाएका शिल्पा सेट्टीका पति राज कुन्द्रा दुई महिनापछि रिहा

५ आश्विन २०७८, मंगलवार १५:३३ मा प्रकाशित

काठमाडौं।बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा रिहा भएका छन् ।

पोर्न फिल्म बनाएको अभियोगमा हिरासतमा रहेका व्यवसायी कुन्द्रा र उनसँगै गिरफ्तार भएका रेयान थोर्पे मजिस्ट्रेट अदालतको जमानतमा मंगलबार कारागारबाट रिहा भएका हुन् ।

मुख्य न्यायाधीश एसबी भाजीपाको इजलासले सोमबार ५० हजार धरौटीमा कुन्द्राको जमानत स्वीकार गरेको थियो ।

दुई महिना पहिला पोर्न फिल्म बनाएको अभियोगमा मुम्बई क्राइम ब्रान्चले उनलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनलाई अर्थर रोड जेलमा राखिएको थियो । मंगलवार दिउँसो उनी रिहा भएका हुन् ।

१९ जुलाईमा पक्राउ परेका कुन्द्रामाथि मुम्बई प्रहहरीले आईपीसी, सूचना प्रविधि ऐन र स्त्री अशिष्ट प्रतिनिधि (प्रतिषेध) ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।

अब कुन्द्राले बाहिरै बसेर मुद्दामा कानूनी लडाइँ लड्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा अनमोल केसीको को–स्टार बनेर डेब्यु गर्ने मौका पाएसँगै साम्राज्ञी आरएल शाहको भाग्य चम्कियो

काठमाडौं । बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी

काठमाडौं । चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा बिहे गर्न लागेको चर्चा चलेको छ

काठमाडौं । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै