समायोजन चाहने पूर्वलडाकूको परीक्षाफल प्रकाशित

३ आश्विन २०६९, बुधबार २०:२० मा प्रकाशित

काठमाडौं, ३ असोज । सेनामा समायोजन हुन चाहने पूर्व लडाकुको परिक्षाफल बुधबार प्रकाशित गरिएको छ । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा भएको परिक्षाको परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षामा सामेलमध्ये एकजनाबाहेक अन्य सबै उत्तीर्ण भएको जनाइएको छ ।

गत सोमबार भएको परिक्षामा शक्तिखोर शिविरबाट २ सय १६ जना पूर्वलडाकू सहभागी भएकोमा २ सय १५ले लिखित परीक्षा पास गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । परिक्षाफल सार्वजनिक गरेपछि सेनाले बुधबारदेखि नै लडाकुको मेडिकल जांच शुरु गरेको छ । बताइएअनुसार लडाकुको लेखनस्तर सन्तोषजनक देखिएकोले पास भएका सबै समायोजनमा जाने संभावना रहेको छ ।
अब मेडिकल जांचको काम सुरु गरिने र त्यो ३ दिन भित्र सकिने पनि बताइएको छ । चैनपुरस्थित सैनिक महाबिद्यालयमा अधिकृत तहमा दिएको परिक्षाको परिक्षाफल आउन भने अझै एक साता लाग्ने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका