नदीजन्य पदार्थ निकासीमा रोक, मजदुरहरु समस्यामा

३ आश्विन २०६९, बुधबार २०:०१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३ असोज । बिभिन्न कारण देखाई कपिलवस्तुका सम्पुर्ण नाकाहरुबाट आन्तरिक नदीजन्य पदार्थ निकासीमा रोक लगाईएको छ जिल्ला बिकास समिति र जिल्ला बन कार्यालयले आन्तरिक निकासा ठप्प पारेपछि अहिले खोला किनारमा काम गरि दैनिक गुजारा चलाउनेहरुको रोजिरोटी नै खोसीएको छ । अर्कोतर्फ गिटिबालुवा ओसारपसारका लागि करोडौ मुल्य तिरेर किनेका गाडिहरु त्यसै थन्काउनु पर्दा गाडीधनीहरु किस्ता समेत तिर्न नपाएर समस्यामा छन् । यता नदिजन्य पदार्थको सहज निकासी हुनुपर्ने कपिलवस्तुमा आयोजित एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । नेपाल किसान ट्याक्टर समिती मोतिपुर ४ बोणगाउंले आयोजना गरेको नदिजन्य पदार्थको आन्तरिक निकासी र यसको प्रभाबसम्बन्धि एकदिने अन्र्तक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले बिगत लामो समयदेखि जिल्लाका बिभिन्न नाकाहरुको आन्तरिक निकासा ठप्प हुंदा व्ययसायी,
आमउपभोक्ता, मजदुर, श्रमिक, ठेकेदार लगाएत समग्र जिल्लालाई नै असर परेको स्मरण गराउदै उपभोक्तप्रति जिबिस गम्भिर नभएको आरोप लगाएका छन् । जल,जमिन र जङ्गलमा सबै नागरिकको समान अधिकार हुने भएकाले यसमा जिबिस वा जिल्ला बन कसैले पनि रोक लगाउन नमिल्ने सो अवसरमा सहभागीहरुले जोड दिएका थिए। सो अवसरमा स्थानिय बिकास अधिकारी एबम् कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद पाण्डेले एक साताभित्र निकासी खुलाउने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि एबम् जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत मेघनाथ उपाध्यायले नियमभित्र रहेर प्रकियागत ढङगले समस्याको निकास निकालिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला