कसले दियो पूर्वराजाको भ्रमण बिथोल्ने निर्देशन ?

३ आश्विन २०६९, बुधबार १९:५९ मा प्रकाशित

काठमाडौं, ३ असोज । शुभेच्छुकहरुसंग भेटघाट तथा शक्तिपीठहरुको दर्शनार्थ गण्डकी र धौलागिरीका विभिन्न स्थानको भ्रमणमा निस्कनुभएका पूर्वराजाको भ्रमण बिथोल्न प्रधानमन्त्री बाबुराम भट्टराई स्वयम् लागिपरेको बुझिएको छ । पूर्वराजाको भ्रमण खल्बल्याउन आफ्ना कार्यकर्ताहरुलाई प्रधानमन्त्री आफैले फोनमार्फत निर्देशन दिएको बालुवाटार सुत्रले जनायो । यस कामका लागि उनलाई पूर्वप्रधानमन्त्री माधव नेपालकोसमेत उक्साहट र समर्थन रहेको सुत्रको दाबी छ । बाबुराम भट्टराईको निर्देशन पाएलगत्तै पुर्वराजाको भ्रमणप्रति एनेकपा माओवादीका कास्की कमिटिीले आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको बताइएको छ ।

गणतान्त्रिक मुलुकमा नागरिक बनिसकेका पूर्वराजा यसरी भ्रमण गर्नु स्वभाविक नभएको तर्क गर्दै कास्कीका स्थानीय एमाओवादी हर्ताकर्ताहरुले भ्रमणको विरोध गरेका छन् भने एक नेपाली नागरिकका रुपमा पूर्वराजाले स्वतन्त्रतापूर्वक आफ्नो देशको भ्रमण गर्नमा रोक लगाउन खोजेर एमाओवादी कार्यकर्ताहरुले घोर अन्याय र गम्भीर भूल गर्नलागेको सचेत तप्काले टिप्पणी गरेको छ । एमाओवादीको विरोधका वाबजुद पोखरामा नागरिकतप्काले पूर्वराजाको स्वागतार्थ स्वागत समिति नै गठन गरेको छ ।
स्मरण रहोस्, पूर्वराजाले पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङजा र पोखराका विभिन्न शक्तिपीठको दर्शन र शुभेच्छुकसंग भेटघाट गर्दै हुनुहुनछ भने बिहिबार उहां पोखरा पुग्ने कार्यक्रम रहेको छ ।
यसैबीच एक उमाओवादी सुत्रले जनाएअनुसार कास्कीकै एमाओवादी कार्यकर्ताहरुले पूर्वराजाको भ्रमण बिथोल्ने कार्यक्रम पार्टी हेडक्वाटरकै हो कि होइन भनी केन्द्रमा सम्पर्क गर्दा अध्यक्ष प्रचण्डनिकट एक नेताले त्यसबारे पार्टीले कुनै निर्णय नगरेको जवाफ दिएको सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार