ट्वीटरद्वारा आफूविरुद्धको मुद्धा मिलाउन ८०९.५ मिलियन डलरको सेटलमेन्ट प्रस्ताव

५ आश्विन २०७८, मंगलवार १२:१६ मा प्रकाशित

काठमाडौँ । समाजिल सञ्जाल ट्वीटरले आफूविरुद्धको मुद्धा मिलाउन ८०९.५ मिलियन डलरको प्रस्ताव गरेको छ ।

आफुविरुद्ध लामो समयदेखि जारी रहेको ‘क्लास एक्शन सुट’ को सेटलमेन्ट गर्न ट्वीटरले ८०९.५ मिलियन डलरको प्रस्ताव गरेको हो ।

ट्वीटरले आफ्ना प्रयोगकर्ता बारे झुटो जानकारी दिएर लगानीकर्तालाई झुक्कएको आरोप लागेको थियो ।

यस अघि सो मुद्धामा जवाफ दिदै ट्वीटरका प्रमुख डोरिस शेनविकले आफुहरुले जानी जानी आफ्ना प्रयोगकर्ता बढाएर सार्बजनिक गरेको र त्यसपछि शेयरको मुल्य बढेको बताएका थिए । तर जब प्रयोगकर्ता बारे असली डाटा बाहिर आयो, त्यसपछि भने शेयरको मुल्य घटेको थियो ।

क्यालिफोर्नियास्थित अदालतमा रहेको यो मुद्दाको सेटलमेन्टपछि विगतमा ट्वीटरले कुनै गल्ति नगरेको ठहरिने भएको छ ।

ट्वीटरले २०१४ मा हरेक महिना प्रयोगकर्ता बढिरहेको र यो संख्या ५५० मिलियन पुग्ने र एक समयपछि यो बढेर एक अर्ब भन्दा बढी हुने दाबि गरेको थियो । तर ट्वीटरले २०१६ मा सो अनुसार प्रयोगकर्ता नभएको खुलासा भएपछि आफ्नो गल्ति स्वीकार गर्दै आफुहरुले तेस्रो पार्टीको डाटा पनि संलग्न गराएको उल्लेख गरेको थियो ।

अब ट्वीटरको यो सेटलमेन्टको प्रस्तावमा न्यायाधिशको अन्तिम सहमति बाँकि रहेको बताइएको छ ।

ट्वीटरले २०२१ को अन्तिम क्वाटरमा आफ्नो बचतबाट यो रकम दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

वासिङटन ।आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल

अष्ट्रेलिया । अष्ट्रेलियाका स्थायी वासिन्दा र नागरिकले विदेशमा रहेका आफ्ना अभिभावकहरुलाई अष्ट्रेलिया भ्रमणका लागि ल्याउन पाउने भएका छन । कोरोना

न्युयोर्क । कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई

आजको प्रमुख समाचार