अब नब्युंतिने भयो संविधानसभा

३ आश्विन २०६९, बुधबार १९:२३ मा प्रकाशित

काठमाडौं, ३ असोज । संविधानसभा पुनःस्थापना गरेर अमुक अमुक स्वार्थ सिद्ध गर्न खोज्ने केही नेताहरुको सपना चक्नाचुर हुन पुगेको अनुभूति गरिन थालिएको छ । बुधबार सांझ बसेको प्रमुख चार दलको बैठक संविधानसभा पुनःस्थापनमाको सहमतिमा पुग्न नसकेपछि यस्तो अनुभूति गरिएको हो । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधानसभा पुनःस्थापनामा बुधबारको बैठकमा सहमति हुन सकेन र सम्भवतः अब संविधानसभा ब्युंताउने सवालमा छलफल नै हुने छैन ।
नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मोर्चाबीच संविधानसभा पुनःस्थापनामा सहमति नभएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो । उहांका अनुसार संविधानसभा पुनःस्थापनाको विकल्प आजबाट सकिएको छ । दलहरुले अब ताजा जनादेशमा जाने मनस्थितिबाट छलफल अघि बढोने भएका छन् । केको र कस्तो चुनाव गर्ने, कुन बिधिबाट गर्ने, कहिले गर्ने भन्नेजस्ता विषयमा अब दलहरुबीच छलफल प्रारम्भ हुने संकेत खनालले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,