नेपालद्वारा बर्मुडा २४ रनले पराजित

५ चैत्र २०६८, आईतवार १९:११ मा प्रकाशित


काठमाडौं, चैत ५ ।आइसीसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताअन्तर्गत आइतबार युएईको आबुधबीमा भएको खेलमा नेपालले बर्मुडालाई २४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५१ रन बनायो। १५२ रन पछ्याएको बर्मुडाले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १२७ रनमै समेटियो।

प्रतियोगितामा कप्तान पारस खड्काको अविजित ६५ रन बनाए। कप्तान खड्काको यो दोस्रो अन्तर्राष्ट्रिय अर्धसतक हो। यसअघि उनले हङकङसँगको खेलमा ६८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। यसअघि खेलेका चार खेलमा नेपालले २ मा जीत र २ मा हार ब्यहोरेको थियो। खेलको लाइभ अपडेट नागरिकन्युजले गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित