जातीय राज्य होइन पहिचान मागेका हौं : कांग्रेस नेता गुरुङ

३ आश्विन २०६९, बुधबार ०९:२८ मा प्रकाशित

छविलाल बगाले, लमजुङ ३ असोज । नेपाली कांग्रेसका नेता तथा नेपाल आदिवासी जनजाति संघका केन्द्रिय अध्यक्ष इन्द्रबहादुर गुरुङले आफुहरुले जातिय राज्य नमागी जातिय पहिचान सहितको संघीय राज्य मागेको बताएका छन् ।
नेपाल आदिवासी जनजाति संघ लमजुङद्धारा वेसिशहरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा वोल्दै गुरुङले सो कुरा ब्यक्त गरेका हुन् । उनले आफूहरुले ११ वुंदे माग पार्टीमा राखेको बताउदै गुरुङले आदिवासी जनजातिको माग पुरा गराउन आफूहरुले नयाँ पार्टी खोल्न नभइ नयां शक्ति निर्माण गर्न लागेको बताए । उनले आदिवासी जनजातिहरुले नयां पार्टी खोलेर होइन पार्टी भित्रै वसेर अन्तरसंघर्ष गर्नु पर्नेमा जोड दिदै गुरुङले संविधानसभाको निर्वाचनमा जानु भन्दा छोटो समयका लागि संविधानसभा पुनस्र्थापना गर्नु पर्नेमा जोड दिए ।

गुरुङले आफ्नै पार्टीका नेताहरुले आदिवासी जनजातिको हक अधिकारविपरित कुरा र काम गरिरहेको आरोप लगाउंदै उनले आफूले विगतमा पार्टीभित्र आदिवासी जनजातिका हितमा कुरा राख्दा कार्वाही गर्ने धम्की आएको समेत खुलासा गरे ।

गुरुङले नेपाली कांगे्रसलाई फलामको संज्ञा दिदै कांग्रेस सधै मजबुत रहिरहने हुनाले यो पार्टी कहिल्यै धुलो भएर नफुट्ने दावी गरे । तर पछिल्लो समय नेपाली कांग्रेसले माओवादीको देखासिकी गरेर विभिन्न संघहरु खोल्न थालेकोप्रति चिन्ता ब्यक्त गर्दै गुरुङले यसो नगर्न नेतृत्वसंग अनुरोध गरे ।

आदिवासी जनजातिहरुले जेठ १४ अघि नै संख्या, नाम र पहिचानलाई आधार बनाएर संविधान जारी गर्न ह्वीप जारी गरे पनि दलहरु सानातिना कुराहरुमा अल्झिएर संविधान जारी गर्न नसकेको आरोप लगाउँदै गुरुङले जेठ १४मा संविधान नबन्नुमा सबैभन्दा बढि एकिकृत नेकपा माओवादी दोषी रहेको आरोप लगाए । नेपाली कांग्रेस पहिचान सहितको बहुजातियमा जान चाहेपनि नेकपा माओबादी यसको बाधक बनेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा