बुटवल उपमहानगरपालिकाका प्रमुखलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता

४ आश्विन २०७८, सोमबार १७:०५ मा प्रकाशित

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका प्रमुख सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् ।

उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय