उपत्यकामा ३९६ संक्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

४ आश्विन २०७८, सोमबार १६:४० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी २९८ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ६३ र ललितपुरमा ३५ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३ हजार १२२, भक्तपुर जिल्लामा ९७० र ललितपुर जिल्लामा १४४० सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ३२३ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना रहेका छन् भने होम आइसोलेसनमा २० हजार ८९१ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३७१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १०८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार