एमालेको विरोधकै बिच प्रतिनिधि सभाबाट पारित गरियो बजेट, बैठक ७ असोजसम्म स्थगित

४ आश्विन २०७८, सोमबार १३:०४ मा प्रकाशित

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार) बसेको बैठकबाट प्रतिनिधिसभामा सरकारले पेस गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गरेका हुन् । विपक्षी एमालेका सांसदहरुले लगातार नाराबाजी गर्दा सत्ता पक्षका सांसदहरुले विधेयकमाथिको छलफलमा भाग नै लिएनन् भने खर्च कटौती प्रस्ताव दर्ता गरेका सांसद प्रेम सुवालले मात्र छलफलमा भाग लिएका थिए ।

सभामुखले प्रस्ताव निर्णयार्थ पेस गर्दा विधेयकका पक्षमा सत्ता पक्षका सांसद तथा विपक्षमा प्रेम सुवाल मात्र देखिए । आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार वेल घेरेर नाराबाजी गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबिच आर्थिक विधेयक स्वीकृत भए पनि सङ्घीय संसद् कार्य सञ्चालन नियमावली अनुसार ७२ घण्टापछि मात्र विधेयक परिपक्व हुने भएकाले आर्थिक विधेयकमाथिको दफावार छलफल भने आगामी बिहीबारबाट मात्र सुरु हुनेछ ।

यता प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसद्हरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार