पूर्वराजा मोटरबाटै पोखरा

३ आश्विन २०६९, बुधबार ०८:५८ मा प्रकाशित

काठमाडौं, ३ असोज । पूर्वराजा ज्ञानेन्द्र भोली बिहिबार (असोज ४ गते) पृथ्वीराजमार्ग हुंदै पोखरा जानुहुने भएको छ । जनतासंग प्रत्यक्ष सम्पर्क र देवी–देवताका मन्दिरहरूमा पूजाआजाको उद्देश्य लिएर गण्डकी अञ्चलका ६ जिल्लाहरूको भ्रमणका निम्ति पोखरा जान लाग्नुभएका उहां असोज ११ गते राजधानी फर्कनुहुने जानकारी प्राप्त भएको छ । सम्वद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार पूर्वराजा ५ गते म्याग्दी, ६ गते पर्वत र बागलुङ, ७ गते स्याङ्जा, ८ गते तनहुं, ९ गते कास्कीको विभिन्न स्थानमा जानुहुने कार्यक्रम छ । १० गते पोखरामै आराम परेपछि उहां ११ गते काठमाडौं फर्कनुहुने बताइएको छ । गण्डकी अञ्चलका लमजुङ र गोरखाका बासिन्दाबाट आमन्त्रण नभएकोले उल्लिखित दुई जिल्लामा भने उहां यसपटक नजानुहुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको