झापामा सबैभन्दा बढी संक्रमण

४ आश्विन २०७८, सोमबार ०९:३७ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा हिजो चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली र दार्चुलामा एक-एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार सुदूरपश्चिमका ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।

प्रदेश नं १ को झापामा सबैभन्दा बढी सङ्क्रमण
पछिल्लो अवधिमा प्रदेश नं १ झापामा सबैभन्दा बढी १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्थानीय पालिकामध्ये सबैभन्दा बढी मोरङको विराटनगरमा ७१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । सोही अवधिमा मोरङमा ९९, सुनसरीमा ७३, इलाममा आठ, धनुकटा र प्रदेश बाहिरका तीन–तीन जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कूल ३१३ जनामा कोरोना सङ्क्रमण भएको छ । एक हजार १३५ जनाको पिसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

कोरोना सङ्क्रमित झापाको १२ वटा पालिकाअन्तर्गत दमकमा २७, कनकाईमा १९, बिर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा आठ, शिवसताक्षीमा छ, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा तीन–तीन, गौरादह र कमल गाउँपालिकामा दुई–दुई, बाह्रदशीमा एक, मोरङको केराबारीमा आठ, पथरी शनिश्चरेमा छ, सुन्दरहरैँचामा चार, उर्लाबारीमा तीन, बेलबारी, बुढीगङ्गा र लेटाङमा दुई/दुई, रतुवामाईमा एक गरी नौवटा पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् ।

यस्तै सुनसरीको इटहरीमा ६५, बराह क्षेत्रमा चार, रामधुनीमा दुई, गढी र स्थानीय तह नखुलेका एक/एक, इलामको रोङमा छ, देउमाई र सूर्योदयमा एक/एक, धनकुटाको चौबीसेमा दुई, महालक्ष्मीमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१