कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

४ आश्विन २०७८, सोमबार ०९:३३ मा प्रकाशित

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ ।

कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो ।

आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताउनुभएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा