अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

३ आश्विन २०७८, आईतवार १६:२८ मा प्रकाशित

काठमाडौं । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गर्नुभएको छ । विदेशमन्त्री ब्लिङ्केनले आज दिनुभएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१