अग्रता जोगाउन नसक्दा महिला फुटबल टोली फिलिपिन्ससँग पराजित

३ आश्विन २०७८, आईतवार ०८:५० मा प्रकाशित

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो । फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, विमला ३९औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिन पुगिन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा फिलिपिन्स खेलमा फर्कियो । यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले अब हङकङ्सँग असोज ८ गते खेल्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ खेलपछि कतारमा छन् । उनको करार अवधि कार्तिक ५ गते सकिएको छ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२