कमेडी च्याम्पियन सिजन दुईको उपाधी भरतमणी पौडेललाई

३ आश्विन २०७८, आईतवार ०८:४३ मा प्रकाशित

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको आधारमा पौडेललाई विजेता घोषित गरिएको हो ।

त्यस्तै, फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो कमेडी च्याम्पियन उपाधी विजेता पौडेलले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

त्यसैगरि फस्ट रनरअप अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल र सेकेन्ड रनरअप थापाले स्कुटर पुरस्कार स्वरुप प्राप्त गरे । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । मदनकृष्ण र हरिवंशले विजेता घोषणा गरेका थिए ।

शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई रहेका थिए । शो निर्देशन विशाल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

आजको प्रमुख समाचार