अफगानिस्तानमा बालिका र शिक्षिकाहरुलाई विद्यालय जान बन्देज

३ आश्विन २०७८, आईतवार ०८:२४ मा प्रकाशित

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै विद्यालय जान अनुमति दिइएको छ ।

कक्षा कोठामा जान बालिका र किशोरीका साथै महिला शिक्षिकालाई पनि बन्देज लगाइएको छ । विद्यालय जान नपाएपछि अफगानिस्तानका बालिका र शिक्षिकाहरु आफ्नो भविष्यलाई लिएर चिन्तित छन् ।

तालिवान शासकले सन् १९६० मा जस्तै महिला अधिकारलाई दमन गर्ने हो कि भन्ने चिन्तामा अफगान महिलाहरु रहेका छन् । तालिवानहरुले महिलालाई इस्लामिक धार्मिक कानुन अनुसार अध्ययन र काम गर्न दिने जनाएका छन् ।

हाल भने अफगानिस्तानमा कामकाजी महिलालाई सुरक्षा अवस्था राम्रो नभएको भन्दै घर बस्न भनिएको छ । कहिलेसम्म आफूहरु घर बस्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । पुरुष मात्रै सहभागी तालिवान अन्तिम मन्त्रिपरिषद्‍को विरोध गरेको भन्दै महिलाहरुलाई तालिवान लडाकुले कुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

एजेन्सी । तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय