लडाकू कमाण्डरहरुको राजीनामा नाटक मात्र

३ आश्विन २०६९, बुधबार ०८:२१ मा प्रकाशित

काठमाडौं, ३ असोज । शिविरमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि विभिन्न जिल्लाका सातै डिभिजनका लडाकु कमान्डरहरूले पदबाट सामूहिक राजीनामा दिए पनि उनीहरू डिभिजन कमान्डरको हैसियतमा काम गरिरहेका छन् । गत साउन पहिलो साता राजधानीमा बसेको पार्टीको सातौं विस्तारित बैठकमा शिविरका कमान्डरहरूले लडाकुका नाममा आएको रकम हिनामिना गरेको भन्दै बैठकमा सहभागी अन्य कमान्डरहरूले चर्को विरोध गरेपछि सबै डिभिजनका लडाकु कमान्डरहरूले जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

बैठकमा प्रथम डिभिजन इलामका यमबहादुर अधिकारी, द्रोस्रो डिभिजन सिन्धुलीका सुकबहादुर रोका, तेस्रो डिभिजन शक्तिखोर चितवनका धनबहादुर मास्की, चौथो डिभिजन नवलपरासीका तेजबहादुर ओली, छैटौं डिभिजन सुर्खेतका महेन्द्रबहादुर शाही, सातौं डिभिजन कैलालीका सन्तु दराईले सामूहिक राजीनामा दिएका थिए । उनीहरूसंगै ती डिभिजनका सहायक कामन्डरहरूले पनि पदबाट राजीनामा दिएका थिए । त्यतिबेला उनीहरूले शिविरभित्र भएको भनिएको आर्थिक अनियमितता आंशिक रूपमा स्वीकार्दै पदबाट राजीनामा दिएका थिए । उनीहरूको राजीनामापछि मात्र आर्थिक अनियमितताका विषयलाई लिएर अवरुद्ध बैठक विस्तारित बैठकले गति लिएको थियो ।

एमाओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले राजीनामा दिएको भनिएका सबै लडाकु कमान्डरहरूले नियमित काम गरिरहेको बताए । उनले भने, ‘लडाकु कमान्डरले राजीनामा दिए पनि पार्टीले उनीहरूको राजीनामा स्वीकृत नगरेकाले नियमित काम गरिरहेका छन् ।’ ‘राजीनामा दिए पनि पार्टीले नै उनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न भनेपछि उनीहरूले काम गरिरहेका हुन्,’ बस्नेतले भने, ‘उनीहरूको कामले छानबिन समितिलाई कुनै असर गर्छ जस्तो लाग्दैन ।’

प्रथम डिभिजनका कमान्डर अधिकारीले पनि आफूहरूले नियमित काम गरिरहेको बताए । उनले भने, ‘पार्टीले हाम्रो राजीनामा स्वीकृत नगरेको र पार्टीले नै काम गर्न भनेपछि नियमित काम गरिरहेको बताए । स्रोतका अनुसार शिविरमा भएकाले आर्थिक अनियमिततामा केन्द्रीय नेतृत्वको पनि संलग्नता भएकाले कमान्डरहरूले दिएको राजीनामा पार्टीले स्वीकृत नगरी साविककै जिम्मेवारीमा उनीहरूलाई काम गर्न भनेका हुन् । त्यसैगरी पार्टीकै निर्देशनअनुसार शिविरमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न विस्तारित बैठकले सचिव पोष्टबहादुर बोगटी संयोजकत्वको छानबिन समितिले पनि कुनै काम थालेको छैन । समितिका संयोजक बोगटीले आफू व्यस्त रहेकाले यसबारे केही बताउन नसक्ने बताए । उनले भने, ‘म अहिले अन्य काममा व्यस्त रहेकोले लडाकुबारे केही बोल्दिनं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर