पुनःस्थापना नभए संविधानसभाकै लागि चुनाव हुने र नेतृत्व आफैंले गर्ने प्रचण्डको भनाई

३ आश्विन २०६९, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौं, ३ असोज । संविधानसभा ब्युंताएर फेरि प्रधानमन्त्री पद हत्याउने दाउमा रहेका एमाओवादीका अध्यक्ष् प्रचण्डले संविधानसभा पुनःस्थापना नभए सरकारको नेतृत्व कांग्रेसले नपाउने दोहोरयाएका छन् । मंगलबार भोजपुरमा आयोजित एक कार्यक्रमबीच प्रचण्डले संविधानसभा पुनःस्थापना नभएको अवस्थामा त्यो सरकारको नेतृत्व पनि एमाओवादीले नै गर्ने दाबी गरेका हुन् । संविधानसभाको पुनःस्थापना कि नयाँ निर्वाचन, वा संविधान सभाको निर्वाचन कि संसदीय निर्वाचन भन्ने विषयमा दलहरूबीच विवाद चुलिएको बेला उनले पुनःस्थापनामा सहमति नभए पुनः संविधानसभाको निर्वाचन हुने दाबी पनि गरे।

सहमति बने आफू एक मिनेट पनि सरकारमा नबस्ने घोषणा प्रधानमन्त्री बाबुराम भट्टराईले गरिसकेको उल्लेख गर्दै प्रचण्डले दलहरूबीच सहमति भए प्रधानमन्त्री बाबुराम भटराईले तत्काल सरकार छाड्ने बताए । संविधान सभा पुनःस्थापना गर्न सहमति भए पाँच बुँदे सहमति अनुरूप काँग्रेसको नेतृत्वमा सरकार निर्माण हुने भन्ने चारा हाल्न पनि उनले बांकी राखेनन् । उनले संविधानसभा पुनःस्थापना गरेर विवादित विषयमा ८० प्रतिशत सहमति भइसकेकाले बाँकी २० प्रतिशत सहमति गरी संविधान जारी गर्नुपर्ने पक्षमा रहेको बताए । जातीय पहिचानसहितको संघीयता, प्रदेशको संख्या र नामकरणमा विवाद भएकाले संविधानसभाको अवसान भएको उनको कथन थियो ।

भोजपुर जिल्ला पार्टी कार्यालयद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाओवादी नेता गिरीराजमणि पोखरेल पनि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर