सरुवाको विषयलाई लिएर तोडफोड गर्ने कर्मचारीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

५ चैत्र २०६८, आईतवार १८:४५ मा प्रकाशित


काठमाडौ, ५ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई एक अर्काको काममा हस्तक्षेप नगर्न निर्देशन दिएका छन् । आइतवार सबैलाई एकै ठाउँमा भेला पारेर प्रधानमन्त्री भट्टराईले मन्त्री र सचिवबीचको कार्यविभाजन कानुनले स्पष्ट तोकेको भन्दै हस्तक्षेप तथा अमर्यादित काम नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सरुवाको विषयलाई लिएर तोडफोडमा संलग्न भएका कर्मचारी यूनियनका पदाधिकारीहरु विरुद्ध कारवाहीको प्रकृया बढाउन पनि निर्देशन दिएका छन् ।
केही दिनअघि सिंचाइ मन्त्री महेन्द्र यादवले सचिव व्रिन्द हाडामाथि अमर्यादित ब्यबहार तथा गालिगलौज गरेको सन्दर्भलाई लिएर प्रधानमन्त्रीले त्यस्त कार्य नगर्न भनेका हुन् । उनले कर्मचारी सरुवा गर्ने काम सचिवको रहेको उल्लेख गर्दै त्यस हस्तक्षेप नगर्नसमेत निर्देशन दिए ।
त्यसैगरी कर्मचारी ट्रेड यूनियनको दादागिरी पनि सह्य नहुनेभन्दै  प्रधानमन्त्री भट्टराईले तोडफोडमा संलग्न कर्मचारीको नामै किटेर कारवाहीको प्रकृया अघि बढाउन भन्दै उनीहरु माथि कारवाही गरिने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।