कांग्रेसजनमा व्यक्तिगत स्वार्थ र घमण्ड बढेकोमा चिन्ता

३ आश्विन २०६९, बुधबार ०८:१५ मा प्रकाशित

रुपन्देही, ३ असोज । नेपाली कांग्रेसका संस्थापक गणेशमानको १६ औं स्मृति दिवसको अवसरमा बुटवलमा नेपाली कंग्रेसले अन्तरक्रिया गरेको छ । नेपाली कांग्रेस बुटवल नगर समितिले अयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य अजय चौरसियाले कांग्रेसमा संस्थापकहरुले देखाएको जस्तो त्याग र वलिदानको कमि हुदै गएको बताए । उनले लोभ, स्वार्थ र घमण्डीपनले नेपाली कंग्रेस आन्तरिक रुपमा कमजोर हुदै गएकोमा चिन्ता व्यक्त गरे । उनले अहिलेका कंग्रेसका नेताहरुले गणेशमान जस्ता निडर र साहासी नेताले देखाएको बाटो अवलम्बन गर्नु अहिलेको आवश्यकता भएको पनि बताए ।

पार्टिको यातायात विभाग प्रमुख समेत रहेको उनले कांग्रेसलाई फेरि एकपटक जनताको पार्टि बनाउनका लागि युवापुस्ता जागरुप हुनुपर्ने बताए । उनले कंग्रेस कमजोर भए लोकतन्त्र कमजोर बन्ने भएकोले सम्पुर्ण लोकतन्त्रवादीहरु कंग्रेस बलियो भएको देख्न चाहेको बताए ।

सो अवसरमा बोल्दै नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य बाबुराम रानाले गणेशमानको जस्तो नेताहरुको शाहसिक कदमले आज नेपालमा लोकतन्त्र र गणतन्त्र सम्भव भएको बताए । उनले कुनै स्वार्थ नभएका नेता गणेशमानको अनुशरण अहिलेका नेताहरुले गर्न जरुरी रहेको बताए ।

नगर सभापती खेलराज पाण्डेको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सभापती अब्दुल रज्जाक, पुर्वविधायक सुर्यप्रसाद प्रधान, महासमिति सदस्य युवराज गिरी, क्षेत्रिय सचिव काजिमान श्रेष्ठ, चोपनारायण श्रेष्ठ, दामादर ज्ञवाली, कृष्ण न्यौपाने, परशुराम ढकाल, विमलराज ज्ञवाली, विष्णुवहादुर कार्की लगायतले बोलेका थिए ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको