‘एकै छिन’मा रोमाण्टिक मुडमा देखिए प्रभात र कविता

२ आश्विन २०७८, शनिबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्। गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ। गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ।

गोदावरीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई श्याम तामाङ्गले छायांकन गरेका हुन्। भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा