मन्त्रिपरिषद्ले पूर्णता पाउने संकेत

१ आश्विन २०७८, शुक्रबार १८:३२ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि अध्यक्ष नेपालले आउँदो साताभित्र मन्त्रिपरिषदुले पूर्णता पाउने बताएका हुन् । यही असोज ४ गते संसद् बैठक र असोज ५ गते आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेकपा (एमाले)ले कारबाही गरेका नेपालसहितका १४ सांसदको मुद्दा अझै अदालतमा विचाराधीन छ । एकीकृत समाजवादीकै नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट अदालतबाट फैसला नभइसकेकाले पनि मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवा ढुक्क हुन नसकेको बताउँछन् ।

नेकपा (एस)का नेता खतिवडाका अनुसार पार्टीबाट मन्त्री बन्नका लागि मापदण्ड बनिसकेको छ । सबै प्रदेशबाट समेटेर मन्त्री बनाइने उनको भनाई छ । दुई–तीनपटक सांसद भइसकेकाहरू स्वतः मन्त्री बन्नेछन् ।

यस्तै मन्त्री बन्ने विषयमा पार्टीभित्र विवाद पनि देखिएको बुझिन्छ । केही सांसदहरूलाई मनाउने कोसिस भइरहेको एक नेताको भनाई छ ।

स्रोतका अनुसार नेकपा एसबाट मन्त्रीका दाबेदार आठ/नौजना छन् तर भागमा जम्मा पाँच/छ मन्त्रालय रहेको छ । “पद व्यवस्थापनका लागि मनाउने काम भइरहेको छ”, एक नेताले भने ।

पार्टीको मापदण्डमा सांसदहरू भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लोपटक नेपाललाई साथ दिएकाले प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसन) पनि मन्त्री बन्ने ‘लिस्ट’मा छन् । आले र श्रेष्ठ मन्त्री नभए उनीहरूले सिफारिस गरेका सांसद मन्त्री बन्ने ती नेताको भनाई छ ।

सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने निश्चित भइसकेको छैन । स्रोतका अनुसार मन्त्री बन्नेको नेतृत्व वेदुराम भुसाल या मुकुन्द न्यौपानेमध्ये एकजनाले गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय