रक्षक नै भक्षक भएपछि…

२ आश्विन २०६९, मंगलवार २०:५३ मा प्रकाशित

काठमाडौं, २ असोज । जनतालाई सुरक्षाको प्रत्याभूति दिने जिम्मेवारी बोकेका प्रहरी नै सर्वसाधारणबाट धम्क्याएर रकम असुली धन्दामा लिप्त बनेपछि आम जनताले के गर्ने ? यस्तै घटना राजधानीमा घटेको छ । सुरक्षा निकायको परिचय पत्र देखाई धम्की दिएर बन्धक बनाई रकम न्यूरोडका व्यापारीहरुबाट असुली गर्ने गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये तीनजना सशस्त्र प्रहरीका हवल्दार र एक जना सशस्त्र प्रहरीका जवान रहेको बताएको छ।
सशस्त्र प्रहरीहरुसहित घटनामा संलग्न ७ जनालाई प्रहरीले मंगलबार पक्राउ गरी अपहरण तथा शरीर बन्धक ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ। पक्राउ परेकामा सशस्त्र प्रहरी बल,गुहेश्वरी गण दुवाकोट भक्तपुरमा कार्यरत वर्ष २९ का सशस्त्र प्रहरी हवल्दार गीरबहादुर पाण्डे, सोही गणमा कार्यरत वर्ष ३४ का सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर खत्री र वर्ष ३४ का सशस्त्र प्रहरी सहायक हवल्दार हरिकुमार थापा, वर्ष २१ का सशस्त्र प्रहरी जवान खेमराज गुरुङ रहेका छन्।

त्यसैगरी महादेबटार गाबिस वडा नं ८ गंगबु बस्ने २८ वर्षका निरज थापा, लम्जुङ कुन्छा गाबिसवडा नं।३ कुन्छा घर भई हाल वडा नं २२ गल्कोपाखा डेरा गरी बस्ने २२ वर्षका अनिल मिश्र र महादेबटार गाबिस वडा नं। ८ गंगबु बस्ने २३ वर्षका युगल पौडेल पनि पक्राउ परेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो