एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ अध्यक्ष नेपाल

१ आश्विन २०७८, शुक्रबार १४:५० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले आगामी साता मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । अध्यक्ष नेपालले सरकारमा जान आफूहरु तयार रहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने दाबी पनि गर्नुभयो । उहाँले बाग्मती र प्रदेश १ सरकारको नेतृत्व आफूहरुले गर्ने पनि बताउनुभयो । नेकपा एमाले विभाजनपछि प्रदेश एकमा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिरहनु भएको छ ।

उहाँहरु एमालेमै रहेपछि नेकपा समाजवादीले समर्थन फिर्ता लिइसकेको छ । र दुवै प्रदेशमा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउन तयारी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय