बलिउड अभिनेत्री सीता बन्दै कंगना

१ आश्विन २०७८, शुक्रबार ०८:५१ मा प्रकाशित

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का भएकी हुन्।

यसअघि फिल्मको लागि करिना कपूर र आलिया भट्टको नाम चर्चामा आएको थियो। मंगलबार निर्माण टोलीले औपचारिक जानकारी दिएसँगै फिल्ममा केन्द्रीय पात्रको भूमिकामा कंगना देखिने पक्का भएको हो।

ठूलो बजेटमा बन्न लागेको ऐतिहासिक फिल्मलाई हिन्दी, तामिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा ल्याउने बताइएको छ। फिल्ममा हिन्दु धर्ममा आदर्श नारीको रुपमा चिनिने सीताको जीवनकथा देखाइने बताइएको छ। जसलाई बाहुबलीका लेखक केवी विजयेन्द्र प्रसादले लेखेका हुन्।

भारतको प्रतिष्ठित पुरस्कार पद्मश्री तथा चारपटक राष्ट्रिय पुरस्कारबाट सम्मानित कंगना पछिल्लो पटक ‘थलाइवी’मा कलाकार तथा राजनीतिज्ञ जयललिताको भूमिकामा देखिएकी थिइन्। जसबाट उनको धेरैले तारिफ गरेका थिए। योबाहेक ‘मणिकर्णिका’ मा उनले रानी लक्ष्मीबाइको भूमिका निभाएकी थिइन्।

सीताबाहेक उनका ‘धाकडु र ‘तेजसु’ निर्माणको क्रममा रहेका फिल्म हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा