शशांक भन्छन- ‘डडेल्धुरामा पुनः अधिवेशन गराउने सहज छैन’

१ आश्विन २०७८, शुक्रबार ०८:४७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले पार्टी सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा पुन अधिवेशनकाे सम्भावना नभएकाे बताएका छन। संस्थापनइतरका प्राय: नेताले यसलाई महाधिवेशनकाे ठूलाे मसला बनाइरहेकाे बेला महामन्त्री डा.काेइरालाले यस्ताे बताएका हुन।

तर, डडेल्धुरामा प्रहरीकाे घेरामा अधिवेशन भएकाे भन्दै यसमा पुन: अधिवेशन गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिसँग कांग्रेस नेताहरूले भेटेका छन। यही भेटपछि बाहिरिदै गर्दा महामन्त्री काेइरालाले यस्ताे अभिब्यक्ति दिएका हुन। उनले भनेका छन- हामीले डडेल्धुरामा मनपरी भयो भनेर निर्वाचन समितिलाई ध्यानाकर्षण गरायौं ।

निर्वाचन समितिले पनि केही कमजोरी स्वीकार गर्‍यो तर पुनः अधिवेशन हुने सम्भावना म देख्दिनँ । उनले प्रहरी प्रशासन लगाएर बलपूर्वक वडा अधिवेशन गरिएको भए पनि पुनः अधिवेशन गराउने विषय सहज नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार