माइक्रोबसले मोटरसाइकललाई घिसारेपछि तनाव

२ आश्विन २०६९, मंगलवार २०:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २ असोज । लुम्विनी अंचल अस्पतालको गेटअगाडि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिइ घिसार्दै लगेपछि स्थानिय वासिन्दाले तोडफोड गरेका छन् । लु.१.ख. २९८४ नं को माइक्रो बसले लु.६.प. १४०० नं को पल्सर मोटर साइकललाई करिव ५० मिटर घिसारेपछि उक्त बसमाथि तोडफोड भएको हो ।
बुटवलको नया वसपार्कबाट ट्राफिकचोकतर्फ जादै गरेको उक्त माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिदा उक्त घटना भएको हो । माइक्रोवसलाई स्थानियले तोडफोड गरेका छन् भने आक्रोसित युवाले बसमाथि आगजनी गर्न लागेको भएपनि तत्कालै सुरुक्षाकर्मीलै नियन्त्रणमा लिएका थिए । वडा प्रहरी कार्यालय वुटवल रामनगरका प्रहरी निरिक्षक सुवास गैरेले चालक र बसलाई नियन्त्रणमा लिएको बताएका छन् । अनुसन्धानपछि चालकलाई कार्वाही गरिने उनले वताएका छन् । माइक्रोबसले तीव्र गतिमा माइक्रो चलाएकोले यस्तो घटना घटेको प्रत्यक्षदर्शी प्रकाश के.सी.ले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले