सहकारी निम्नवर्गको वैशाखी : पूर्वअर्थमन्त्री डा. महत

२ आश्विन २०६९, मंगलवार १९:३२ मा प्रकाशित

काठमाडौं, २ असोज । नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री रामशरण महतले सहकारी संस्थाले कृषि क्षेत्रमा काम गरेर किसानलाई आर्थिक रूपमा सम्पन्न गराउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेता महतले सद्भाव बचत तथा ऋण सहकारी संस्थाको पांचौं साधारणसभाको उद्घाटन गर्दा उक्त कुरा बताउनुभएको हो ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको सामग्री उपभोक्ताले अत्यधिक महंगोमा खरिद गरे पनि त्यो रकम किसानले नपाएर बीचमा शोषण हुने गरेकोले अब सहकारी संस्थाले बीचमा बसेर किसान र उपभोक्तालाई शोषण गर्नेहरूलाई निरुत्साहित पार्न विशेष योजना बनाउनसमेत नेता महतले आग्रह गर्नुभयो । सहकारीले किसानलाई लक्ष्य बनाएर कार्यक्रम लागू गर्ने हो भने ग्रामीण किसान उपभोक्ता र सहकारी तिनै संस्थालाई लाभ पुग्ने उहांको धारणा थियो ।
नेता महतले सहकारी संस्थाले हिजो द्वन्द्वका समयमा पनि गाउंबस्तीमै बसेर जनतालाई राहत दिएको स्मरण गर्दै जसरी त्यसबेला ठूला वाणिज्य बैंकहरू विस्थापित भएर हिंडे त्यसबेला सहकारी मात्र जनताको साथी बनेको बताउनुभयो । सहकारी निम्न वर्गका जनताको आर्थिक उन्नतिको वैशाखी भएकोले सद्भाव सहकारीले पनि त्यही निकायलाई सहारा दिनेमा आफू पूर्ण आशावादी रहेको नेता महतको कथन थियो । सद्भावको प्रस्तुत प्रतिवेदनप्रति खुसी व्यक्त गर्दै उहांले सेयरहोल्डरलाई अझ बढी व्यवस्थित गर्दै आफ्नो ठाउंबाट गरिबी निवारणमा सद्भावको योगदान रहनेमा आफू ढुक्क रहेको दोहो¥याउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णबहादुर क्षत्रीको सभापतित्वमा सम्पन्न, उद्घाटन समारोहमा, पूर्वसांसद होमराज दाहाल, नरेन्द्र खतिवडा, कृष्णराज हमाल, पुष्पराज कुंवरलगायतका वक्ताले संस्थाको प्रगतिका लागि शुभकामना दिनुभएको थियो । उद्घाटन सत्रपछि भएको बन्दसत्रमा संस्थाका सचिव शान्तिकृष्ण अधिकारीले भावी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष श्यामकाजी श्रेष्ठले आयव्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष कृष्णबहादुर केसीले ५९ जना समाजसेवीको सक्रियतामा स्थापित संस्थामा हाल दुई सय ७१ जना सेयर सदस्य भएको बताउनुभयो । संस्था छैटौं वर्षमा प्रवेश गर्दै गर्दा सेयर पुंजी एक करोड पांच लाख ९७ हजार पांच सय पुगेको छ भने विभिन्न प्रकृतिका निक्षेपमा एक करोड २९ लाख ३३ हजार नौ सय ८४ रहेको र सोमध्ये दुई करोड ३६ लाख ७४ हजार दुई सय ९८ कर्जा लगानी भएको अध्यक्ष केसीले बताउनुभयो । साधारणसभाले कृष्णबहादुर केसीको अध्यक्षतामा नयां नेतृत्वको समेत चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा नरेन्द्र खतिवडा, सचिव शान्तिकृष्ण अधिकारी, सहसचिव ठाकुरप्रसाद न्यौपाने, कोषाध्यक्ष श्यामकाजी श्रेष्ठ रहेका छन् । संस्थाका सदस्यहरूमा भूमिकुमार न्यौपाने, हर्कला काफ्ले, कोमलसुन्दर श्रेष्ठ, रवीन्द्र थापा अमी, राममणि अधिकारी, पवनकुमार भट्टराई रहेका छन् भने ऋण समितिको संयोजक हरिप्रसाद भण्डारी र सदस्य धनप्रसाद भट्टराई, लक्ष्मण केसी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पूर्वमन्त्री महतले ०६८ सालको एसएलसी परीक्षामा सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालय कोटेश्वरबाट सर्वोत्कृष्ट अङ्क ल्याउने ऋतिका लामिछाने र हीरालाल चौधरीलाई जनही रु. पांच हजारसहित कदर पत्र दिएर सम्मान गर्नुभएको थियो । राजधानीमा च्याउसरह उमे्रका सहकारी संस्थाले वित्तीय कारोबार गरी नाफामुखी कामबाहेक अन्य कार्य नगरिरहेको अवस्थामा कोटेश्वरमा रहेको सद्भावले भने किरियापुत्री भवन निर्माणकार्यमा नेतृत्वदायी भूमिका गर्नेदेखि विद्यार्थीको मनोबल उकास्ने काम गरेर प्रशंसनीय काम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता