आआफ्नो अडान कायम राख्दै टुंगियो चार दलको बैठक

२ आश्विन २०६९, मंगलवार १७:२२ मा प्रकाशित

काठमाडौं, २ असोज । राजनीतिक गतिरोध अन्त्यका लागि सहमति जुटाउने बाचा गर्दै पटक पटक वार्तामा बस्दै आएका प्रमुख राजनीतिक दलहरुले मंगलबारको बैठक पनि सहमतिका लागि पुनः बुधबार बैठक बस्ने सहमति गरेर टुंग्याएका छन् । मंगलबार बिहानैदेखि विशेष समितिको कार्यालयमा बसेको बैठकमा यसअघिकै जस्तो नेताहरूले आआफ्ना अडान नछोडेको बुझिएको छ ।
केही दिनभित्र सहमति नभए नयाँ निर्वाचनमा जाने उनीहरूको तयारी रहेको बताइन्छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबारको बैठकमा संविधानका विवादमा सहमति खोज्ने र त्यसमा सहमति नभए चुनावमा जानुपर्ने धारणा राखेका थिए भने विपक्षी कांग्रेस एमालेलेचाहिं सहमतिका लागि विश्वासको वातावरण बनाउनुपर्ने त्यसका लागि सहमतिको सरकारलाई नै जोड दिए ।
सहमतिको सुत्र फेला नपरे पनि फेरि वार्तामा बस्न सहमति जुट्नुलाई नै दलहरुले उपलब्धि ठान्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार